अहिले मनिषाको हत्या प्रकरणको अनुसन्धान उनको प्रेमीतर्फ मोडिएको छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार हिरासतमा लिइएका आशिष विमलका साथी हुन् । अशिष र मनिषा प्रेमी प्रेमिका हुन् । स्थानीयले बताए अनुसार आशिष र मनिषाको प्रेम सम्वन्धबारे दाजु विमललाई पनि जानकारी थियो । आशिष विमलकै समकालीन साथी थिए ।
अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘गाउँलेहरुले बताए अनुसार उनीहरु प्रेम सम्वन्धमा थिए । केटाको परिवारले स्वीकार गरेपछि केटीको परिवारले स्वीकार नगरेको भन्ने खुल्न आएको छ ।’ प्रेमीले नै मनिषाको हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका चौधरीकी आमाले बुधबार राति आफ्ना छोरा आशिषलाई घरमा छाड्न अन्य तीनजना केटाहरुसमेत आएको बताएकी छन् ।
मनिषाको प्रेमी भनिने ब्यक्ति राति धेरै पटक ओहोर—दोहोर गरेको र धेरै पटक फोन गरेको प्रारम्भिक जानकारी प्रहरीले हात पारेको छ । ‘हामीले थप अनुसन्धान गरिरहेका छौं,’ डिएसपी अर्जुन रानाभाटले भने, ‘ब्वाइफ्रेण्डले हत्याको गरेको हुन सक्ने आंशका नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’ छिमेकीहरुले राति एक्लै भएको बेलामा एक केटा घरमा आएको र उनीहरुले झगडा गरेको जानकारी प्रहरीलाई दिएका छन् । झगडा गरेर केटा बाहिरिएपछि उनी मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले छिमेकीले दिएको विवरणकै आधारमा मनिषासँग झगडा गरेर बाहिरिएका आशिष चाैधरीसहितलाई नियन्त्रणमा लिएको हो ।
0 comments:
Post a Comment