Nepali women workers suffer extreme misery abroad

भिडियो सहित हेर्नुहोस !
Advertisement
Image Title
सुनसरी, २८ साउन, सुनसरी सबैभन्दा बढी विदेश जाने जिल्लामध्ये सातौं जिल्ला हो । वैदेशिक रोजगार विभागका अनुसार सन २०१५ मा सुनसरीबाट मात्रै तीन हजार छ सय ७३ जना महिला विदेशिएको पाइएको छ । श्रम स्वीकृति नलिई गैरकानुनी रुपमा विदेशिने कति छन् भन्ने त तथ्याङ्क कसैसँग पनि छैन । तर, सीप नसिकी अवैधानिक रुपमा विदेश गएका महिलाले चरम यातना भोगेका उदाहरण भने प्रशस्तै भेटिन्छन् । विदेशमा ठगिएकाले उजुरी बढ्ने पनि रहेको छ ।

गएको १८ महिनाको अवधिमा सुरक्षित आप्रवासन परियोजना अन्तर्गतको सूचना परामर्श केन्द्र सुनसरीमा वैदेशिक रोजगारी सम्बन्धी तीन सय ८६ मुद्दा छन् ती मध्ये ८ वटा मुद्दा महिलाका छन् । ठगीमा परेका सबै महिला वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई गैरकानुनी रुपमा विदेशिएको पाइएको छ । तर, अवैध बाटो रोजेका कारण आफू पनि कारबाहीमा पर्ने डरले ठगिएका सबैले उजुरी दिन हिच्किचाउने गरेका छन् । गैरकानुनी रुपमा विदेशिएका महिला चरम मानसिक र शारीरिक यातना भोगेर विदेशबाट फर्किएको पाइएको छ ।

सुनसरीको इटहरी–६ कि सकली सदा ४ वर्ष अघि वैदेशिक रोजगारीका लागि साउदी पुगिन् । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण विदेश गएर पैसा कमाउने सपना बोकेर साउदी पुगेकी सदाले पैसा त कमाउन सकिनन् नै तर नरकजस्तो जीवन बिताउनु पर्यो । छिमेकी फ्याकीनी चौधरी र सरिता चौधरी थापाले मासिक १८ हजार कमाइ हुने गरी कुबेत पठाइदिन्छु भने । विदेश जान आफ्नो एक पैसा पनि खर्च नहुने भनेपछि सदाले धेरै सोचिनन् । काठमाडौँ लगेर एजेन्टले नै पासपोर्ट बनाइ दिए । आफ्नो र परिवारको सुखद भविष्यको कल्पना गर्दै घरबाट निस्किएकी सदाले नसोचेको भयो । भारतहुँदै कुवेतका लागि हिडेकी सदालाई एजेन्टले साउदी पठाइ दिएछन् । साउदीमा सदाले आफूले पाउने सुविधा त परको कुरा मालिकबाट चरम यातना भोग्नुपर्‍यो ।

सदाको जस्तै पीडा छ सुनसरी प्रकाशपुरकी मनमाया भट्टराईलाई । सात वर्ष अगाडि भट्टराई भारत हुँदै कुवेत गइन् । मामली भाइ पर्ने सन्त राईले कुवेतमा राम्रो कमाइ हुन्छ भनेकाले घरपरिवार छाडेर कुवेत पुगेकी भट्टराईले एक घरमा घरेलुु कामदारको रुपमा काम सुरु गरिन् । काम सुरु गरेको दोस्रो दिन साहुले कपडामा आइरन लगाउन लगाए । तर, भट्टराईसँग आइरन लगाउने सीप थिएन । घर मालिकले तातो आइरनले गालामा डामी दिइन् । दश महिना कुवेत बसेकी भट्टराईले यसरी नै पीडामा बिताइन । सीप नसिकी विदेश जान खोज्नाले आफ्नैबाट ठगीन परेको र विदेशमा काम गरेको पैसा पनि नपाएकोले असह्य पीडा हुन्छ भट्टराईलाई ।

सदा र भट्टराई त उदाहरण मात्रै हुन । उनीहरू जस्तै घरेलु कामदारका रुपमा विदेशिएका धेरै महिला वैदेशिक रोजगारीका नाममा ठगिएका छन् । सुरक्षित आप्रवासन परियोजना सुनसरीकी डिम्पल यादवले घरेलु महिला कामदारले यस्ता समस्या धेरै भोग्नुपरेको बताइन् । सीप नसिकी विदेश गएका महिला भाषाको समस्यादेखि इस्त्री लगाउने, भ्याकुम लगाउने, वासिङ मेसिन चलाउने जस्ता सामान्य काम गर्ने अनुभव नहुँदा उनीहरू मालिकको आक्रोशमा पर्ने गरेका छन् ।
तस्विर: खाडीमा कार्यरत नेपाली महिला कामदारहरु, अरबियन ग्याजेटबाटKATHMANDU, 28 July, the seventh district of Sunsari districts in most overseas. In 2015 alone, according to the Department of Foreign Employment in Sunsari three thousand six hundred and abroad in 73 women has been found. Without the approval of illegal foreign labor is that many are not data with anyone. However, the skills of women who grew up abroad as illegal torture suffered extreme example is found in abundance. Thagiekale complaint is also growing abroad.

During the last 18 months under safe Immigration Project Information Consulting Center Sunsari foreign employment are related to the issue of three hundred 86 8 issue are women. Having all the women who labor without the approval of the Department of Foreign Employment has been found to have gone abroad illegally. However, because he was chosen to take any action for fear of illegal way Complaint hesitate to have all deceived. Women have gone abroad illegally and suffer extreme mental and physical torture returned from abroad has been found.

-6 Itahari that themselves forever 4 years ago, foreign employment fell for the Saudi. Due to weak economic conditions in the family to go abroad to earn money, to earn money, she could not dream of Saudi Sada old but had narakajasto life. Sarita Choudhury neighbors to obey the Chaudhary and Thapa will send monthly 18 thousand paying the kubeta said. To go abroad to spend their money, not a lot of despised Sada pointed out. The passport carried the agent in Kathmandu. And imagine their future in a pleasant family house niskieki Sada was unexpected. Saudi agent Hideki departs for Kuwait bharatahumdai send indicator. Saudi Sada, he would like that facility owner suffered extreme torture.

The pain is like an eternity Sunsari prakasapuraki Bhattarai Maya. Seven years ago, Bhattarai went to India to Kuwait. A minor cousin Saint Rai Kuwait is a well-paying households trucks left Kuwait old, she started working as a minister ghareluu a house. Work has started on the second day she yelled cloth made out of iron. However, Bhattarai iron wear was not skill. The owner gave dami hot airanale cheek. Kuwait ten months and the pain in her virginity Bhattarai. Skill learning about a foreign country and work in another country have been thagina khojnale own money Bhattarai lack of great pain.

Bhattarai is always and only be for example. They have gone abroad as domestic workers, as many women are deceived in the name of foreign employment. Dimple Yadav safe Immigration Project of Sunsari many such problems faced by female domestic workers said. Language skill problems in women who grew up abroad ironing, vacuum wear, washing machine use, such as a lack of general work experience have to be the owner of indignation.
Photo: Nepali women workers working in the Gulf, the Arabian Gadget 

भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment