news

भिडियो सहित हेर्नुहोस !
Advertisement
रुपन्देहीको बुटवलमा एकजना महिलाको हत्या भएको छ। बुटवल उपमहानगरपालिका–१३ कालिकानगरमा भाडामा बस्दै आएकी अन्दाजी ४० वर्षीया कमला न्यौपानेको हत्या भएको हो। 
 
तिलोत्तमा नगरपालिका–८ गोरकट्टा घर भई लामो समयदेखि कालिकानगरमा परिवारसहित भाडामा बस्दै आएकी न्यौपानेको विद्युतीय मल्टीप्लगको तारले घाँटी कसेर हत्या गरी पलङभित्र राखेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।  
 
विगत केही वर्षयता विभिन्न समूहमा ढिकुडी खेलाउँदै आएकी कमला विहीबार पनि दिनभर बजारमा ढिकुडी किस्ता उठाउँदै हिडेको र साँझ ६ बजेतिर कोठामा फर्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। 
 
बुटवलमै जुत्तापसल संचालन गर्दै आएका कमलाका श्रीमान नित्यानन्द न्यौपाने विहीबार विहानै सामान खरिद गर्न काठमाडौं गएका थिए। कमला कोठामा एक्लै रहेको भन्दै राति साथी दिन गएका उनका दाजुका छोरा रेबिकले राति ८ बजेतिर कोठामा कतै नदेखेपछि खोज्दै जाँदा पलङभित्र कमलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 
 
हत्याको खबर पाएपछि तत्काल घटनास्थल पुगेका रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बुद्धिबहादुर गुरुङले हत्यापछि कमला लगाएका औंठी, बाला, कानको टप, सिक्री लगायत सुनका केही गरगहना लुटेर लगेको बताए। तर, दराजभित्र रहेका धनमाल भने सुरक्षित रहेकोले हत्या चोरी तथा लुटपाट गर्ने अभिप्रायले  नभएर अन्य कुनै कारणले गरेको हुन सक्ने उनले बताए।
 
कमलाको शव पोष्टमार्टको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको र घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक गुरुङले जानकारी दिए।
A woman was killed in Butwal. Butwal Sub--13 kalikanagarama around 40-year-old woman, living rent Kamala Neupane be killed.
 
Tilottama Municipality-8 gorakatta kalikanagarama home and family for a long time been living in rented Neupane strangled with a wire wrapped in electrical maltiplagako murdered body was found, police said palanabhitra kept.
 
Various groups in the past few years dhikudi pondered the day came in the market on Thursday, Kamala From dhikudi installments feet, and returned to the room at 6 o'clock preliminary investigation, police said.
 
Butavalamai juttapasala from operating Kamala Neupane Mr. Nityananda had gone to Kathmandu on Thursday morning to buy goods. Kamala night alone in the room saying that a friend had gone to his brother's son rebikale day at around 8 pm when the room looking for somewhere to pack palanabhitra the deceased had informed police about the body.
 
When the news reached the scene of the murder of Police Chief of Police immediately Buddhi Gurung, Ram Kamala wore a ring, bracelet, ear top, including a chain of gold jewelry looted some said. However, if the cupboard of cargo theft and robbery with the intent of killing kept secure and not for any other reason he might have said.
 
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment